महेश महतो सिरहा।
अखिल नेपाल महिला संघको २ दिने मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लहानमा आयोजना गरेको कार्यक्रमको समापन सारोहमा आयोजना गरेको पत्रकार सम्मेलन मा अन्तराष्ट्रिय सम्बन्ध समिति सदस्य तथा प्रतिनीधि सभा सदस्य सुजिता शाक्यले अनेमसंघले देशभरका युवा महिलाहरुलाई संगठित गर्ने बताउनु भयो । उहाँले अनेमसंघ र युवा महिला संघ परिचालन गरेर सामाजिक बिकृति बिसंगती तथा महिला माथि हुने हिंसा न्युकिकरणका लागि काम गर्ने जानकारी दिनु भयो । मधेश प्रदेशमा महिलामाथि हुने हिंसा, बोक्सीको आरोप दाईजो तिलक जस्ता समस्या हटाउनको लागि युवा महिला संघलाई परिचालन गर्ने शाक्यले बताउनु भयो ।
मधेशमा अन्य खालका जधन्य अपराधका घटना बढी हुने भएकाले पिडितलाई न्याय दिन सहयोग प्रदान गर्ने सचेतना अभियान जागरण अभियानबाट हामी कसरी सहयोग गर्न सक्छौ भन्नेकुरामा हामी गम्भीर छौ उहाले भन्नु भयो । महिला हिंसा अन्त्य गर्ने महिलाहरुलाई मधेश प्रदेशमा शसक्त बनाउने , अधिकार सम्पन्न बनाउने बन्चितिकरणमा परेका समुदायलाई कसरी माथि ल्याउने न्ने बिषयमा अभियानले काम गर्ने छ । दलित समुदायहरुमाथि छुवाछुतका समस्या पनि त्यतिकै छन् ।त्यसको अन्त्य गर्न अभियान चलाउने त्यसको लागि युवा महिला संघ परिचालन गरिने शाक्यले बताउनु भयो । भेलाले
मधेश युवा महिला प्रदेश कमिटि समेत गठन गरेको छ ।४५ सदस्यी प्रदेशकमिटिको अध्यक्षमा सोमी गोमुछान , उपाध्यक्ष सोममाया थिड.सचिबमा पुस्पा शाक्य , सहसचिब शोभा जिम्मा , कोषाध्यक्षमा कबिता चौधरी सहित ४५ सदस्यीय प्रदेश कमिटि चयmन भएको छ । युवा महिला संघलाई नगर र टोल सम्म गठन गरी परिचालन गरिने शाक्यले बताउनु भयो ।
उहाँले अर्को प्रसंग नागरिकता बिधेयकले देशलाई फिजीकरण गर्ने धारणा राख्नु भयो । बिबाह गरेर आएको भाली पल्ट नै नागरिकता भन्दा पनि परिचय पत्र प्रदान गरेर सात बर्ष पछि नागरिकता प्रदान गर्ने पैस्ताब बहुमतले पिर्ता गरेको बताउनु भयो ।
अखिल नेपाल महिला हिंसा विरुद्ध र सामाजिक बिक्रती बिसंगति विरुद्ध अभियान चलाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1