NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

अख्तियारद्वारा गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ ।आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0