NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

अध्यागमनको मिलेमतो

अध्यागमनको मिलेमतो

अध्यागमनको मिलेमतो
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनसँगको मितेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाइने गरेको छ । मानव तस्करहरुले विभिन्न देशमा घरेलु कामदारका रुपमा नेपाली महिला लैजान अध्यागमनसँग तालमेल मिलाउने गरेका छन् । अध्यागमनमा मौलाएको अनियमितताको मार विदेशमा पुगेपछि श्रमिकहरुले भोग्नु परिरहेको छ । विमानस्थलभित्रको अध्यागमन कार्यालयको सेवा यात्रुमैत्री नभएको गुनासो पटक–पटक आउने गरेको छ ।
यसअघि खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको थियो ।समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताएका थिए।प्रभु साहले त्यसरी अवधैरुपमा जानेहरु आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गएको देखियो । बाँकीमात्रै भारत र श्रीलंका हुँदै गएको बताएका थिए ।मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदी अरब, कतार, ओमन पठाउने गरेको भ्रमणकोक्रममा भेटिएको उनले बताएका थिए । साउदीमामात्रै ३० हजारभन्दा बढी महिला अवैधरुपमा घरेलु कामदारकारुपमा गएको र अन्य मुलुकमासमेत त्यो संख्या धेरै रहेको संसदीय समितिले जनाएको थियो ।खाडीमा अवैधरुपमा घरेलु कामदारकारुपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0