NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

अबैध डलर सहित एक भारतिय नागरिक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ थप अनुसन्धान जारी

अबैध डलर सहित एक भारतिय नागरिक त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ थप अनुसन्धान जारी

काठमाडौंबाट।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षका अंकुर घनश्यामभाई पटेल छन् । नेपाल सरकारले ५ हजार डलर बोक्ने अनुमती दिएपनि उनको साथबाट सोभन्दा धेरै डलर बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिआईजी श्यामलाल ज्ञवालीले बताए ।
काठमाडौंबाट दुबई उड्न लागेका अंकुरको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्ट्रलिङ्ग, ३ हजार ४ सय युरो, ४ हजार ४६५ युएइ दिराम र ४ हजार ६५० केन्या सिलिङ्गस बरामद गरेको छ । प्रहरीले उनलाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0