NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

अब रत्नपार्कबाट बसमै ३५ मिनेटमा सूर्यविनायक

अब रत्नपार्कबाट बसमै ३५ मिनेटमा सूर्यविनायक

काठमाडौं ।
बेहाल सार्वजनिक यातायातमा सुधार गर्न बाटो खुलेको छ । अस्तब्यस्थ सार्वजनिक यातायात सुधार गर्न बस र्यापीड ट्रान्जीट (बीआरटी) सेवा सुरु हुने भएको छ ।

काठमाडौंको रत्नपार्कदेखि भक्तपूरको सूर्यविनायकसम्म सुधारिएको बस सेवा (बस र्यापिड ट्रान्जीट) संचालन हुने भएको हो । उक्त सेवा संचालनको लागि प्रधानमन्त्री कार्यालयले नै अनुमति दिएपछि सेवा संचालनमा आउने भएको हो ।

भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस सेवा तत्काल संचालनको ब्यवस्था मिउलान प्रधानमन्त्री कार्यालयले स्वीकृति दिएको छ ।

बिआरटी बस संचालनपछि ३५ मिनेटमै यो रत्नपार्कबाट सूर्यविनायक बसमा पुग्न सकिने छ । अहिले यही दुरि पार गर्न डेढ-दुई घन्टासम्म लाग्ने गर्छ ।

सरकारले सुधारिएको बस सेवा सन्चालन गर्नका लागि गत वैशाख ११ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेपछि जेठ २१ देखि असार ५ गतसम्म अध्ययन भएको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बनेको काठमाडौं उपत्यकामा डेडिकेटेड लेनमा ठूला बस सञ्चालन गर्नेसम्बन्धी कार्यदलले गरेको अध्ययनमा उपत्यकामा पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको बस सेवा (बस र्‍यापिड ट्रान्जीट) संचालन हुने देखिएको हो ।

अध्ययनमा उपत्यकाको बढी यात्रुको चाप हुने क्षेत्रमा सुधारिएको बस सेवा सञ्चालन गर्न सकिने देखिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार ६ असारमा अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा पेस गरिएको थियो । बैठकले उक्त बस सेवा सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो ।

के हो बिआरटी

सुधारिएको बस सेवा अन्तर्गत बस चल्ने छुट्टै लेन, नियम, टाइमकार्ड, रुट हुनेछ । सरकारले बस र्‍यापिड ट्रान्जीटको नियम लागू गरेपछि यातायात व्यवस्था विभागबाट अनुमति लिएर निजी बस कम्पनीले सञ्चालन गर्न सक्नेछन् ।

यस नियमअनुसार ‘प्रायोरिटी सिग्नल सिस्टम’मा बस सञ्चालन गरिन्छ । यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६० देखि ९० सेकेन्ड तोकिनेछ  । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ  । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्ने छन् ।

यो प्रणली अन्तर्गत बस संचालनका लागि हालकै सर्भिस लेन र त्यहि रुटमा चलिरहेका बस नयाँ मापदन्ड बनाएर प्रयोग हुनेछन् ।

प्रधानमन्त्री कार्यालयले अनुमति दिएपछि विभागले विज्ञसहितको टोलीलाई भाडा निर्धारण, बस संख्या र रुटको नियम, लेन मार्किङ, बसको मापदण्ड बनाउन जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0