काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार बिहानै राजा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति असन्तुष्टि जनाउदै तीन ट्वीट गरेका छन् ।
उनले एक ट्वीटबाट नेपालमा राजा फर्कन संभावना नरहेको बताएका छन्, भने अर्को ट्वीटमा राजा आउन पार्टीहरु असफल हुने नभइ अरु नै कारण भएको तर त्यो बाटो पूर्वराजाले नै बन्द गरिदिएको दाबी गरेका छन् । र, अर्काेमा भनेका छन्, ‘राप्रपा आफ्नो बाटोमा आउनको विकल्प छैन।’
उनले विभिन्न कारणवस आफूले राजाको एजेण्डा छोडेको उल्लेख गरेका छन् । उनले लिङ्देन नेतृत्वको राप्रपालाई धैर्यता रहुञ्जेल राजा बोक्नोस्मेलाई बौक्नु भन्दै शुभकामना व्यक्तसमेत गरेका छन् । यद्यपि राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको उनको भनाइ छ ।
पहिलो ट्वीट
उनले पहिलो ट्वीटमा अन्तिममा राप्रपा आफ्नो बाटोमा आउनको विकल्प नरहेको दाबी गरेका छन् । अहिले गाली गरेपनि विभिन्न आरोपहरु लगाएपनि पछिका लगि राप्रपाको लागि राम्रो र बलियो घर बनाइदिने उनको भनाइ छ ।
मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालि गलौजरआरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु।पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।त्यहाँ अझै केही समय रमाई राख्नोस्। राजाको माया त लाग्छ । त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ ।
दोस्रो ट्वीट
नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई शुभकामना। राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ।तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो ।
तेस्रो ट्वीट
असम्भव एजेन्डा बोकेर नयाँ पीडिलाई भ्रममा राख्न नहुने उल्लेख गरेका छन् । उनले २\३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो नहुने जिकिरसमेत गरेका छन् ।
पार्टीहरु असफल भएर राजा आउने होईन। एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन।२\३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।
अब राजा फर्कने संभावना छैन, पछि उनीहरु पनि मेरै बाटो आउनेछन् : कमल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1