NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

अमेरिकी सहायक विदेशमन्त्री ३ दिने नेपाल भ्रमणमा, एमसीसीबारे छलफल

अमेरिकी सहायक विदेशमन्त्री ३ दिने नेपाल भ्रमणमा, एमसीसीबारे छलफल

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालको तीन दिने भ्रमणका लागि आज आउँदै हुनुहुन्छ ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन । नेपालमा एमसीसी र नेपाल अमेरिका सम्बन्धका बारेमा कुराकानी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
एमसीसीबारे सत्ता पक्षमा पनि मत विभाजित भएको छ । तत्कालीन देउवा सरकारले सन २०१७ मा अमेरिकी मिलेनियम कार्पोरेसन MCC एमसीसीको सम्झौतामा हस्ताक्षर गरेको थियो ।
हालको सरकार पनि देउवा नेतृत्वमै रहेको छ । यद्यपि गठबन्धनबाट बनेकाे सरकारमा नेकपा (माओवादी)ले एमसीसी जस्ताको तस्तै पास हुन नदिने अडान लिएका छन ।
सहायक मन्त्री डोनाल्ड लु ले पनि एमसीसीका सम्बन्धमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने तालिका रहेको छ । यस्तै उहाँले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि नेपालले अनुमोदन नगरेपछि अमेरिका असन्तुष्ट बनको छ । यसअघि एसीसीकी उपाध्यक्ष फतेमा सुमारले पनि नेपालका भ्रमण गरेकी थिइन् । उनले नेपालले एमसीसी अनुमोदन नगरे अन्य मुलुकमा जाने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0