NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा :स्कारपियो सहित तीन भारतीय पक्राउ

अवैध मेडिकल सामग्री राखिएको घरमा प्रहरीको छापा :स्कारपियो सहित तीन भारतीय पक्राउ

जनकपुरधाम । भन्सार नतिरी भारतबाट अवैध रुपमा मेडिकल सामग्री ल्याएर राखिएको जनकपुरधामस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।
जनकपुरधाम उपमहानगरपालिका-९ स्थित घरमा छापा मार्दा ठुलो मात्रामा मेडिकल सामग्री फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
मेडिकल सामग्री फेला परेपछि घरमा बसिरहेका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक रहेको बस्नेतले बताए ।
ती सामानसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउने र अन्य अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0