NSW News

२३ मंसिर २०८०, शनिबार
ENGLISH

अश्लील हर्कत गरेको आरोपमा रौतहटबाट डेढ दर्जन टिकटक स्टार पक्राउ

अश्लील हर्कत गरेको आरोपमा रौतहटबाट डेढ दर्जन टिकटक स्टार पक्राउ

अश्लील हर्कत गरेको आरोपमा रौतहटबाट डेढ दर्जन टिकटक स्टार पक्राउ

रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिइ हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भइ रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषी नरहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक ढक्याई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राति १२ बजेसम्म हलमा अश्लील नृत्य तथा होहल्ला भइरहेको सूचना स्थानीय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

प्रहरी पुग्ना साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शकहरु भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
0