NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

आइजिपी सिंह र पुर्व प्रहरी संगठनका अध्यक्ष बीच भेटवार्ता

आइजिपी सिंह र पुर्व प्रहरी संगठनका अध्यक्ष बीच भेटवार्ता

काठमाडौ । नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्त राज कुंवर बीच भेटवार्ता भएको छ।
अध्यक्ष कुंवरले प्रहरी महानिरीक्षक सिंहलाई शुभकामना दिदै कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।
भेटमा खासगरी पुर्व प्रहरी संगठनका सराेकारका बिषयमा छलफल भएको बताइएको छ। अध्यक्ष कुंवरले पुर्व प्रहरीहरूकाे कल्याणकारी कामका लागि कल्याणकारी काेषबाट याेगदान अनुसार ४० प्रतिशत रकम छुट्टाई पुर्व प्रहरीको हीतमा खर्च गर्ने व्यवस्था मिलाउन महानिरीक्षक सिंहसंग प्रस्ताव राख्नुभएको छ।साथै पुर्व प्रहरीहरूलाई ” नेपाल प्रहरीको साथी ” नामक व्याच प्रदान गरि प्रहरीले चालेका सामाजिक काममा साथ र सहयोग प्रदान गरेमा अझ प्रभावकारी हुने सल्लाह समेत कुंवरले दिएका थिए।
साथै जिल्ला प्रहरी कार्यालयहरूमा पुर्व प्रहरी हेल्प डेस्कमा लागि काेठाकाे व्यवस्था मिलाउन, प्रहरी अस्पताल परिसरमा निर्माण गरिएको पुर्व प्रहरी गेष्ट हाउसको नाम डिबी लामा गेष्ट हाउस राख्न समेत अध्यक्ष कुंवरले महानिरीक्षक सिंहसंग माग गर्नुभएको थियो ।
यसका अलावा कुंवरले आइजिपी सिंहलाई पुर्व प्रहरी संगठनका तर्फबाट गरिने स्वागत कार्यक्रममा निमन्त्रणा समेत दिएका थिए। अध्यक्ष कुंवरले साे अवसरमा अन्य एआइजिपीहरूलाई पनि भेटेर आपसी छलफल समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0