NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

आईजीपी कुँवर र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच भेटवार्ता

आईजीपी कुँवर र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच भेटवार्ता
काठमाडौं ।
प्रहरी महानिरीक्षक बसन्त कुँवर र राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच भेटवार्ता भएको छ ।उपमहासचिव ल्याक्रोइक्स र आईजीपी कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटमा उपमहासचिव ल्याक्रोइक्सले विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए ।आईजीपी कुँवरले मानव अधिकारको संरक्षण एवं प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताए ।भेटका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको थियो ।कार्यक्रममा संयुक्त राष्ट्र संघका नेपालस्थित आवसीय प्रतिनिधि, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0