NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

आईजीपी नियुक्तिविरुद्धको पेसी सारियो

आईजीपी नियुक्तिविरुद्धको पेसी सारियो

गौरी नारायण ठाकुर
काठमाण्डौ । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ । आजका लागि पेसी तोकिएको थियो ।

सरकार पक्षका कानुन व्यावसायी र प्रत्यासी उपस्थित नभएपछि पेसी सारिएको हो । आजको पेसी सार्नका लागि सरकार पक्षले निवेदन दिएको थियो । यसअघि, हिजोका लागि तोकिएको पेसी सरकारी बिदा परेकाले आज सुनुवाइ हुने तय थियो ।

आज पोखरेलका कानुन व्यवसायीलाई प्रश्नको प्रत्युत्तर दिने तय थियो । अब यसबारेको फैसला आउँदो शुक्रबार हुनेछ । सरकारले यही वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि सिनियर एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । वैशाख २२ देखि रिटमाथि सुनावाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0