NSW News

५ बैशाख २०८१, बुधबार
ENGLISH

आज थप २५९ जनामा कोरोना संक्रमण र १ जनाको मृत्यु

आज थप २५९ जनामा कोरोना संक्रमण र १ जनाको मृत्यु

 

मंसिर १३ गते

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २५९ कोरोना संक्रमण पुष्टि भएका छन् ।

७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६४ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन् । जसमध्ये ६ हजार ५४१ जना होम आइसोलेसनमा रहेका छन् भने ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् । अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0