NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

आज नेपाल बन्दको कारण बिहानैदेखी यात्रुलाई सास्ती

आज नेपाल बन्दको कारण बिहानैदेखी यात्रुलाई सास्ती

 

कार्तिक ३० गते ।
जनकपुरधाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण प्रदेश २ सहित देशभरको लामो दुरीका सवारीसाधन नचलेपछि यात्रुलाई यात्रामा सास्ती भएको छ ।

मंगलबार बिहानैदेखि जनकपुर लगायत लामो दुरीका सवारीसाधन चलेका छैनन् भने छोटो छोटो दुरीका गाडीहरु छिटफुट रुपमा चलेको छ । मोटरसाइकल भने अन्यदिन जस्तै चलेका छन् ।

बन्दको कारण व्यवसायीहरु नै नचलाएको कारण जनकपुबाट जाने आउने सवारीसाधान कम चलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जनकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थ र ग्यासमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0