NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

आज मिथिलाञ्चलमा निष्ठापूर्वक चौरचन’ पर्व मनाइदै

आज मिथिलाञ्चलमा निष्ठापूर्वक चौरचन’ पर्व मनाइदै

जनकपुरधाम, भदौ १४ गते

इन्द्र भूषण यादव

जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज मंगलवार धुमधामका साथ आस्था तथा निष्ठापूर्वक महान पर्व चौरचन मनाईदै छ । जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत चौरचन पर्व मनाइन्छ ।

हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गरिन्छ । मंगलबार राति ब्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अर्घ्य दिएर यो पर्व मनाउँछन् ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरुमा अधिकांशमा स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको प्रयोग भएको हुन्छ । विभिन्न भाकल पुरा गर्न तराई मधेशका मानिसहरु मनाउने चौरचन, दिपावली, घडी पर्व, जितिया, छठ पर्व लगायतका विभिन्न पर्वहरु मनाउने गरिन्छ । मिथिलाञ्चलको कृषि आधारित जीवन चक्रले यस्ता लोक पर्वहरुलाई बडो सहजता साथ स्वीकार गरी घर–परिवार सपार्न निष्ठाको प्रदर्शन गर्दै प्रशन्नता बटुुल्ने सत्प्रयास गर्दै समयको अन्तरालमा परिवर्तन साथ यसको मौलिक अवधारणालाई कायम राख्दै पर्वको निरन्तरता कायम राखेका छन् ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफुल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ ।

घरको आँगनमा गाईको गोबर वा चिकनी माटोले लिपेर त्यसमा चामलको पिठोबाट बनाईएको अरिपनमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्रीलाई राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्ठान्न परिकार तथा केरा र मौसम अनुसारका फलफुल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।

चौरचनको महत्व
चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको हाे । ‘हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।’ उनका अनुसार मानिस जन्म लिएपछि उनीहरुले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।

चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरि अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ
मिथिलाञ्चल क्षेत्रमा मनाईने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक रुपमा उपलब्ध हुँदैन । जसरी यो समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेख रुपमा पाइदैन । यो पीढि दर पीढि हस्तान्तरण हुँदै आए । तर पनि केहि अवधारणाहरु यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई संक्षेपमा राख्न सकिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेकोछ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ । एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसके पछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गई सकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाक द्धारा व्यक्त गरिएकोले यसको व्यवहार त्यस भन्दा अगाडी देखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।

चौरचनको कथा
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको छ र श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ ।
श्रीमद्भागवतमा एउटा कथा आएको छ । द्धापरमा द्धारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक ।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे उक्त यादवले । उनी छिटै धनाढ्य हुन पुगे । चारै तिर यो खबर फिजियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकशित भएर दरबार नै चकमक्क भयो । श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे । तर उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले लेला भन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरे पछि त्यहाँ उपलब्ध साक्ष्यहरुको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे । दशदिन भन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर न आए पछि सँगै आएका सैनिकहरु निराश भै राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।

समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के । वास्तवमा जामवन्त भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थीकै थियो । श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको वि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0