NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी

महेश महतो सिरहा। आज श्रीकृष्ण जन्माष्टमी अर्थात् भगवान

श्रीकृष्णको जन्म भएको दिन । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णकी जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने

गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठी गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ । कसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठो गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पांच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा

श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएकी उपदेश नै श्रीमद्भागवत गीता हो। श्रीकृष्णले गोपिनी र राधासंग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रायः हरेक गाउंमा भव्य मेला लाग्ने गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0