NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

आलु र प्याजमा सरकारले लगायो भ्याट,अत्याधिक महंगी बढ्ने ब्यवसायीको अनुमान

आलु र प्याजमा सरकारले लगायो भ्याट,अत्याधिक महंगी बढ्ने ब्यवसायीको अनुमान

काठमाडौं ।
आलु र प्याजको आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित र अव्यहारिक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संघले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम बताएका हुन् ।

संघका अध्यक्ष मोहन बानियाँले आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महँगिने बताए ।

आयातको तथ्यांक हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको उनको भनाइ छ ।

‘यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न सक्दैनन् र उपभोक्ताले पनि किन्न सक्दैनन्,’ उनले भने ।

अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर व्यापारी, उपभोक्ता हुँदै हरेक नेपालीको भान्सामा पर्नेछ ।

सरकारको नीतिपछि भन्सार नाकामा आएको वस्तु भन्सार पास गर्न पनि नसकेको समेत उनले बताए ।

आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0