NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

इमरान विरुद्ध वारेन्ट जारी, प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे आरोप

इमरान विरुद्ध वारेन्ट जारी, प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे आरोप

काठमाडौं । प्रहरी र न्यायपालिकालाई धम्क्याएकाे भन्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध वारेन्ट जारी गरिएको छ ।अगस्ट २० मा इस्लामवादको एक र्यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीलाई खुलेआम धम्की दिएको बताइएको छ । यसैबीच इमरानको पार्टी पीटीआईको कानुनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामवाद उच्च अदालतमा जमानतको निवेदन दर्ता गरिसकेको छ ।जियो न्युजका अनुसार निवेदनमा ‘इमरान खानको कुनै आपराधिक रेकर्ड छैन र न त उनी कहिल्यै कुनै अपराधमा दोषी ठहरिएका छन्,’ भनिएको छ । खान समर्थकले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् ।
पाकिस्तान इलेकट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा तत्काल प्रतिबन्ध लगाएको छ । अथोरिटीका अनुसार खानले संविधानको धारा १९ को उल्लंघन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0