NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

इ.सन्जित यादवद्वारा गरिब विपन्न परिवारको विधार्थीलाई १ वर्षको लागि निशुल्क पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता

इ.सन्जित यादवद्वारा गरिब विपन्न परिवारको विधार्थीलाई १ वर्षको लागि निशुल्क पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता

चंदन रजक सप्तरी ।
सप्तरी जिल्ला विष्णुपुर गाउपालिकामा युवा इन्जिनियर रन्जित यादव द्वारा आज क्षेत्र नं.३(क) अन्तर्गत रहेको विभिन्न १४ वार्ड को १५ जना गरिब विपन्न परिवार को विधार्थीलाई १ वर्ष को लागि निशुल्क पढाई खर्च ब्यहोर्ने प्रतिबद्धता संगै कार्य को शुभारम्भ गरेकाे छ ।
साथै वर्षौ दिन देखी क्षेत्र को एक नगरपालिका र २ गाउँपालिका को सम्पूर्ण आम जनताहरुलाई आफ्नो परिवारिक कम्पनी बाट निशुल्क घरको नक्साबनाईदिने सेवा संचालन मा रहेको हुदॅा सेवा लिनुहुन सबैलाई आग्रह।

आज सप्तरी जिल्ला को विष्णुपुर गाउॅपालिका वार्ड नम्वर ७( ईटहरी) निवासी विपन परिवार को कक्षा १० मा अध्ययनरत पुजन कुमारी मंडललाई १ वर्ष को पढाई खर्च अन्तर्गत कपडा, ब्याग, कपि , कलम सहित शिक्षक मोहम्मद मुखतार खान सर निर समन्वय गरि वर्ष भरि को ट्यूसन फि नि:शुल्कमा पढाउने प्रतिबद्धता कार्य पुरा गराएको छु।

उक्त कार्यक्रममा विष्णुपुर गाउॅपालिका वार्ड नं.-७ को वार्ड अध्यक्ष लोचन साह ज्यू, उदघोषक युवा नेता रामनाथ राम, विशिष्ट अतिथि प्लान्ट क्वारेन्टाइन समिति को सदस्य राजेश राय (राहुल),विशिष्ट अतिथि राष्टिय चिया तथा कफि विकास वोर्ड को कार्यकारी सदस्य सत्येन्द्र नारायण यादव, वार्ड सदस्य अशोक राम, वार्ड सदस्य गंगाई मंडल, वार्ड सदस्य बिष्णु मंडल, शिक्षक मो.मुक्तार खान, युवा संघ को जिल्ला उपाध्यक्ष केदार यादव, युवा संघ को जिल्ला उपाध्यक्ष सिकन्दर मंडल, क्षेत्रीय सदस्य जोगिन्द्र यादव,समाजवादी विधार्थी संघ को जिल्ला उपाध्यक्ष मिथलेश यादव, समाजसेवी उमेश मंडल,ओम मंडल,संतोष यादव लगायत को उपस्थिति मा कार्यक्रम सम्पन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0