जेठ २२ काठमाडौ ।
उत्तर कोरियाले दक्षिण कोरियाको क्षेत्रमा आज (आइतबार) आठ वटा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।दक्षिण कोरियाले तत्काल यसबारे तथ्य सार्वजनिक गरेको छ । दक्षिण कोरियाको सेना प्रमुखका अनुसार उत्तर कोरियाले उसको पूर्व तटबाट दक्षिण कोरियाको जलिय क्षेत्रमा ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटको बीचमा उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको बताइएको छ ।
उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रहार गरे लगत्तै दक्षिण कोरियाले उक्त विषयमा जानकारी दिएको छ । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा प्रमुख किम सुङ हानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर जानकारी दिएका हुन् ।सन २०२२ मा मात्रै कोरियाले दक्षिण कोरियाली क्षेत्रमा १७ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।
उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1