NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

उपनिर्वाचनका लागि बारामा रमेश खरेल सहित ३६ जनाले दिए उम्मेदवारी

उपनिर्वाचनका लागि बारामा रमेश खरेल सहित ३६ जनाले दिए उम्मेदवारी

बारा ।
वैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा क्षेत्र नम्बर २मा सबैभन्दा धेरै उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो।

उक्त समयभित्र बारा(२मा मात्रै ३६ जनाले उम्मेदवारी दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालालप्रसाद सा तेली, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अंसारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार र हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दिएका छन्।

यस्तै जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, राप्रपा नेपालका मनिफ मिया अंसारी र आम जनता पार्टीका अरूणकुमार ज्ञवालीले उम्मेदवारी दिएका हुन्।

अन्यले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। यस क्षेत्रसँगै तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २मा पनि उपनिर्वाचन हुँदैछ।

चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0