NSW News

३ असार २०८१, आईतवार
ENGLISH

एमसीसी दाेस्राे नम्बरमा, भोलि बस्ने प्रतिनिधिसभा बैठककाे कार्यसूची सार्वजनिक,

एमसीसी दाेस्राे नम्बरमा, भोलि बस्ने प्रतिनिधिसभा बैठककाे कार्यसूची सार्वजनिक,

काठमाडाैं । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।भोलि दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतालाई दोश्रो कार्यसूचीमा राखिएकाे छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0