काठमाडौं :
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे ।
उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वा’र्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने ।
आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरे ।
उनले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै सरकारको आलोचनासमेत गरे । ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय हित विप’रीत काम गर्नु सर्वथा गलत छ । व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै हो’, रावलले भने । उनले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय ग’द्धार ठहर्ने दावी गरे ।