NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

एमालेबाट फुटेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन छैन – अध्यक्ष ओली

एमालेबाट फुटेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन छैन – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।
उनले भने, कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।
यसअघि विराटनगरमा आयोजित कार्यक्रममा असार १७ गते सत्ता गठबन्धनबारे गरेको भविष्यवाणीको समयअघि नै लक्षण देखिन थालेको अध्यक्ष ओलीले बताए ।
पार्टीले निकालेका मन्त्रीलाई प्रधानमन्त्रीले कायम राखे पनि पार्टी निरीह भएर हेरेको हेर्‍यै छ, उनले भने, ‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो ।
स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले एमाले दोस्रो भए पनि लोकप्रिय मत प्राप्त भएकोबाट एमाले एमाले नै रहने ओलीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0