NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

एमालेले कोशीबाट सत्ता गठबन्धनविरुद्ध लियो बदला

एमालेले कोशीबाट सत्ता गठबन्धनविरुद्ध लियो बदला

काठमाडौं । पटक पटक मुख्यमन्त्रीहरु नियुक्त भएपनि सत्ता टिक्न नसकेको कोशी प्रदेशले फेरि नयाँ मुख्यमन्त्री प्राप्त गरेको छ ।संविधानको विभिन्न धारामा रहँदै नेकपा एमाले र काँग्रेसबाट यसअघि दुई–दुई पटक मुख्यमन्त्री बनेका थिए ।एमालेका हिक्मत कार्की र काँग्रेसका उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री बनेपनि सत्ता टिक्न सकेन ।
शनिबार एमाले र काँग्रेसका केही सांसदहरुको समर्थनमा काँग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीम नियुक्त भएका छन् ।कार्की संविधाको धारा १६८ उपधारा ५ अनुसार संसदको बहुमत प्राप्त जुनसुकै सांसदले विश्वासको मत आफूमा छ भन्ने सांसद मुख्यमन्त्रीमा नियुक्त हुनसक्ने भन्ने व्याख्या अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।उनी सत्ता गठबन्धन र काँग्रेसको पार्टीको निर्णयविरुद्ध उम्मेदवार बनेर मुख्यमन्त्री बन्न सफल भए ।मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेले सुरुदेखि नै समर्थन गरेको थियो । एमाले कोशीमा जसरी पनि काँग्रेसको असन्तुष्ट पक्षलाई लिएर सरकरा बनाउने दाउमा थियो ।सत्ता गठबन्धनप्रति काँग्रेसमै असन्तुष्ट शेखर पक्षले एमालेको चाहना पूरा गरेको हो । आफूहरुको समूहले नै मुख्यमन्त्री प्राप्त गर्ने र केन्द्रीय सत्ता गठबन्धनलाई पनि चुनौति दिन काँग्रेस विद्रोही पक्षले एमालेको साथ लिएको हो ।उता सत्ता गठबन्धनभित्र कसरी फाटो ल्याउने भन्ने मौका खोजी रहेको एमालेलाई पनि कोशीको राजनीतिक उतारचढावले सहया गर्यो ।
यही अवसरलाई लिएर एमाले सत्ता गठबन्धनविरुद्ध बदला लिन सफल पनि भएको छ । एमालेको योजना सफल बनाउन काँग्रेस शेखर पक्षका ८ सांसदको भूमिका स्पष्ट छ ।सत्ता गठबन्धनमा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपनि त्यसैको विरुद्धमा ती सांसदहरुले केदार कार्कीलाई मुख्यमन्त्री बनाउने एमालेको प्रस्ताव समर्थन गरे ।
काँग्रेसका को–कस्ले कर्कीलाई समर्थन गरे ?
केदार कार्की स्वयं मुख्यमन्त्री
इन्दिरा थापा
शम्शेर राई
लीलाकुमारी राई
गोविन्द गिरी
सुनिताकुमारी गुरुङ
रामकुमार खत्री
मानबहादुर लिम्बू
केही दिन अधि सत्ता गठबन्धनले कोशीमा माओवादी केन्द्रलाई मुख्यमन्त्रीमा सहयोग गर्ने निर्णय भएको थियो । तर नेपाली काँग्रेसको शेखर कोइराला पक्ष यसमा मञ्जुर भएन ।बरु आफ्नै समूहको सांसदको नेतृत्वमा सरकार बनाउने र एमालेको समर्थन लिने निर्णयमा शेखर समूह पुग्योे ।कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २६८ उपधारा ५ बमोजिम सरकार गठन गर्न दिएको समयसीमा शुक्रबार सम्ममा गठबन्धनकै २ सांसदहरु हिमाल कार्की र माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्रीमा दावी गरे ।
उनीहरुको पक्षमा ४७–४७ बराबरी सांसदको हस्ताक्षर भएकाले अन्योलमा परेका प्रदेश प्रमुख खापुङले निर्धारित समयभित्र मुख्यमन्त्री नियुक्त गर्न सकेनन् ।
एमालेका सांसदहरुलाई साथैमा लिएर प्रदेश प्रमुख कार्यालय पुगेका हिमाल कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दवावसमेत दिएका थिए ।
आज गरिएको सनाखत कार्यक्रममा सत्ता गठबन्धन पक्षधर सांसदहरु मुख्यमन्त्री कार्यालय पुगेका थिएनन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले ससर्त माओवादी केन्द्र कोशीबाट व्याक हुने बताएका थिए ।
उनले कार्कीलाई नै समर्थन गर्नसक्ने संकेतसमेत दिएका थिए । सोही अभिव्यक्ति अनुसार गठबन्धन पक्षधर सांसदहरु सनाखतमा नगएको हुनसक्छन् । यो अवस्थामा नेकपा एमालेको समर्थनको निस्प्रभाही हुनसक्छ । तर गठबन्धनभित्र उद्धव थापा नै मुख्यमन्त्री दोहोरिने र माओवादी केन्द्रलाई नै मुख्यमन्त्री बनाउने भन्ने निर्णयलाई भने एमालेले लत्याइदिएको छ ।काँग्रेसकै केदार कार्की मुख्यमन्त्री बन्दै गर्दा उनको नेतृत्व कति समय टिक्ला भन्नेमा अझै शंका कायमै छ ।उता नवनियुक्त मुख्यमन्त्री कार्की भने संविधानको धारा १६८ को उपधारा ५ लाई उपयोग गर्दै मुख्यमन्त्री बनेको जिकिर गर्दै आएका छन् ।
हाल तठस्थ बसेको राप्रपा व्याकपको रुपमा रहेकाले केही समय उनै कार्कीलाई समर्थन गरेर पछि सत्ता गठबन्धनले नेतृत्व फेर्न नसक्ला भन्ने अवस्था छैन । तर संवैधानिक कारणले मध्यावधिको खतरा भएकाले गठबन्धनले यो जोखिम मोल्ने आँट कतिको गर्छ त्यो भने भविष्यले नै देखाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0