NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

पुष १३ गते
काठमाण्डाै : नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने नै भएपछि उनले नयाँ तरिकाको विरोध जनाउन थालेका छन् । उनले अनेकौ चलखेल गरेर एमसीसी पास गर्न खोजिएको बताएका छन् । डाक्टर रावलले कुनै पनि हालतमा एससीसी पास गर्न नहुने अडान लिएका छन् ।

योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारीसँग कुराकानी गर्दै रावलले यस्तो बताए ।
अहिले नेपालका केही नेताहरु विदेशी शक्तिको शरणमा परेको उनले आरोप लगाए । ‘सँधै नेपालको प्रधानमन्त्री भइरहन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्यो नेपालका नेताहरुले’, उनले भने ।

पत्रकार भण्डारीले कार्यक्रममा एउटा ठूलै व्यक्तिले आफूलाई भनेको भनेर अमेरिकाबाट एमसीसी पास गराउनका लागि छुट्टै छ अर्ब आएको खुलासा गरे । उनले ती व्यक्तिको नाम भने सार्वजनिक गर्न चाहेनन् ।

‘एमसीसी जबर्जस्ती पास गर्न खोजिए तपाईले नागरिक समूहलाई के आव्हान गर्नुहुन्छ ?’ भने पत्रकारको प्रश्नमा उनले कर्मचारीहरुले काम गरिरहदा नेपालको कानुन सम्मत छ कि छैन भनेर हेर्नुपर्ने बताए ।

‘खासगरी सुरक्षाकर्मीहरु, नेपाली सोलाई मेरो अनुरोध के छ भने उहाँहरु त यो देशको रक्षक हो । यदि देशमा कुनै सुरक्षा र स्वाधीनतामा आँच आउने सम्झौता भइरहेको छ भाने उहाँहरुले त डट्नुपर्यो, हेरिरहनुभएन’ नेता रावलले भने।

रावलले एमसीसी पास गर्न खोजिए व्यापक आन्दोलन गर्न र आवाज उठाउन जनतालाई पनि आह्वान गरेका छन् । यस्तै, नेपालमा एमसीसी ल्याउँनु पर्छ भनेर पहिलो पटक अमेरिकालाई पत्राचार गर्ने मान्छे बावुराम भट्टराई भएको भन्दै रावलले प्रमाणनै पेस गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले बावुरामलाई दलालकै संज्ञा दिएका छन् ।

अहिले पनि बावुराम भट्टराई एमसीसी पास हुन पर्छ भनेर हिँडेको भन्दै यस्ता मान्छेलाई नोटिसमा राख्न पनि रावलले भनेका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको भारी बोकेर हिड्ने बावुराम देश परिवर्तनका लागी भएको जनयुद्धको नेतृत्वमा कसरी पुग्यो भनेर पनि प्रश्न पनि गरेका छन् ।

एमसीसी कसरी नेपालको हित विपरित छ भनेर आजको कार्यक्रममा रावलले पावरप्वाइन्ट प्रिजेन्टेसननै गरेका थिए । राववलले एक एक बुँदा बुँदामा चिरफार गरेका थिए ।

कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने भन्दै उनले अझै पनि एमसीसी राष्ट्रघाती होइन भन्नेलाई डाक्टरकोमा गएर आँखा जाँच गरेर राम्रो चस्मा लगाएर पढ्न पनि उनले चुनौती दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले एमसीसी संशोधन बिना नै संसद्‌बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए । नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि दोहोर्‍याए ।

उनले एमसीसी सम्झौता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए । नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन बिना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0