NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

एसपीपीबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा संसदीय समितिको बैठकमा

एसपीपीबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा संसदीय समितिको बैठकमा

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका छन् । समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई पनि छलफलमा बोलाइएको छ । बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई समेत बोलाइएको छ ।
बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डा रहेका छन् ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीका लागि अमेरिकालाई पत्राचार गरेका थिए । यो विषय सार्वजनिक भएपछि सरकार र सेनाको आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0