NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

ओलीको कटाक्ष : थुतुनाेभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे

ओलीको कटाक्ष : थुतुनाेभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन् ।
शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैअध्यक्ष ओलीले सरकारका पछिल्ला गतिविधिहरुप्रति कटाक्ष गरे ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त पार्ने अर्थमन्त्री जनार्दन शर्मा तर कारवाहीमा पर्ने गभर्नर भन्दै आपत्ति जनाए ।
मन्त्री शर्माप्रति व्याङ्ग्य गर्दै उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो। धान खाने मुसो । चोट खाने भ्यागुतो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो।’
अध्यक्ष ओलीले देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको आरोप समेत लगाएका छन् । उनले निर्वाचन, आयोग र सभामुखप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । साथै निर्वाचन आयोग निष्पक्ष निष्पक्ष चल्नु पर्ने बताए । वर्तमान अवस्थामा आयोग सत्ता पक्षको दबावमा रहन बाध्य भएको आरोप लगाए ।
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन गर्न समिति पनि गठन गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0