NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

कांग्रेसका १४ औँ महाधिवेशनमा बद्रीप्रसाद पाण्डेको सहमहामन्त्रीमा उम्मेदवारी

कांग्रेसका १४ औँ महाधिवेशनमा बद्रीप्रसाद पाण्डेको सहमहामन्त्रीमा उम्मेदवारी

 

मंसिर १३ गते ।
काठमाडौं : नेपाली कांग्रेसका १४ औँ महाधिवेशनमा बद्रीप्रसाद पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

पाण्डेले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र ुक्लस्टरु अन्तर्गतको सहमहामन्त्री पदमा आफु उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापन अन्तर्गतका आफ्ना एजेन्डा सुनाउँदै भन्नुभयो, विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेन्डा हो ।

राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0