चैत ०९ सिन्धुपाल्चोक ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
सभापति जंगबहादुर लामाले मातहतका कार्यसमितिलाई परिपत्र गरेर कार्यक्रमहरू राख्न निर्देशन दिएका छन् । केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य गंगालक्ष्मी अवालको उपस्थितिमा कार्यक्रमहरू तय गरिएको सभापति लामाले बताएका छन् ।चैत ९ गते मेलम्ची, १२ गते हेलम्बु, १३ गते, पाँचपोखरी–थाङपाल, १५ गते ईन्द्रावती, १७ गते जुगल, १८ गत चौतारा, २३ गते लिसंखुपाखर, २५ गते त्रिपुरासुन्दीमा कार्यक्रम हुनेछ ।
चैत २७ गते भोटेकोशी, २८ गते वलेफी, २९ गते बाह्रविसे, वैशाख २ गते क्षेत्र नं। २ प्रदेश ‘क’, ३ गते क्षेत्र नं। २ प्रदेश ‘ख’, ५ गते क्षेत्र नं। १ प्रदेश ‘क, ६ गते क्षेत्र नं। १ ‘ख’मा कार्यक्रम रहेका छन् । वैशाख ८ गते क्षेत्र नं। २ र वैशाख ९ गते क्षेत्र नं। १ मा आमसभा हुने सभापति लामाले जानकारी दिए । चैत ८ गतेभित्र कार्यक्रम हुने स्थलबारे जिल्ला कार्यसमितिलाई जानकारी गराउन सभापति लामाले मातहतलाई निर्देशन दिएका छन् ।सिन्धुपाल्चोकमा प्रतिनिधि सभामा कम्युनिस्टहरूले जितेका छन् । यस पटक कांग्रेसले कम्युनिस्टलाई सिन्धुपाल्चोकबाट पत्तासाफ पार्ने गरेर तयारी गरेको छ ।
कांग्रेसद्वारा विभिन्न कार्यक्रमहरू सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1