सुर्खेत । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ६ दलका कार्यकर्ताले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादी केन्द्र पार्टीकाे कार्यालय तोडफोड गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी छन् । त्यस्तै प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ ।प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए ।
कांग्रेस, एमाले र माओवादीको कार्यलयमा तोडफोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1