NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

काठमाडौं उपत्यकामा दिउँसै घरमा चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं उपत्यकामा दिउँसै घरमा चोरी गर्ने ६ जना पक्राउ

असाढ २२ काठमाण्डौ ।
काठमाडौँ उपत्यकाभित्र दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले घरमा नभएको मौकामा ढोका फोडी नगद, मोबाइल तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेका थिए ।
गत असार १६ गते गोकर्णेश्वर नपा वडा नं ६ नारायणटारमा चोरी भएको घटनामा संलग्न रहेका मानिसको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न नुवाकोट विदुर घर भएका बुद्धवीर तामाङलाई चोरी गर्दा लगाएको कपडासँग मिल्दोजुल्दो हुलियासहित २१ गते नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो ।
तामाङसँग सोधपुछ गर्दा उनले काठमाडौँको विभिन्न स्थानहरूबाट चोरी गरेका मोबाइलहरू नयाँ बानेश्वर चोक नजिक रहेको अमितबहादुर श्रेष्ठको मोबाइल पसलमा बिक्री गरेको तथा सुनका गरगहनाहरू काठमाडौँ महाराजगञ्जस्थित पञ्चरत्न सुनचाँदी पसलमा लगेर सचिन विश्वकर्मालाई बिक्री गर्ने गरेको खुलासा गरेका थिए । त्यसपछि श्रेष्ठ र विश्वकर्मालाई चोरी गरी लगेका मोबाइल तथा सुनसहित पक्राउ गरी थप कानुनी कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ।
उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान पहेलो सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइकसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0