NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

कानून व्यवसायीहरुमाथि हातपात

कानून व्यवसायीहरुमाथि हातपात

मंसिर २ गते
काठमाडौं : प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो ।
प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।
सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको थियाे ।
बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । जसअनुसार बारले सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय पनि बारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0