NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या

काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरीका अनुसार श्रीमान­–श्रीमती र दुई छोराछोरी रहेका छन् । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0