NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

कार दुर्घटनामा घाइते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन

कार दुर्घटनामा घाइते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन

काठमाण्डौं ।
बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।

बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ ५:३३ मा मन्त्री सि‌ंहको निधन भएको हो।

‘५:३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरेका हुन्,’ एसपी राठौरले भने।

यसअघि उनकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो। उनीहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0