NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

कालिकोट देखि नेपालगंज जादै गरेको बसमा आगलागी

कालिकोट देखि नेपालगंज जादै गरेको बसमा आगलागी

सुर्खेत | न ८ ख २३५६ नम्बर गरेको बस कालिकोट देखि नेपालगंज यात्रु बोकेर जादै गरेको बसमा आगलागी भएकोछ! बसमा आगलागी हुदा पूर्ण रुपले ध्वस्त भयको छ !
दिउसो ३: ४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरिक्ष्क रामप्रसाद धर्तिले बतएका छन ! तार सट भएर आगलागी भएको प्रहरी उप्रिक्ष्क धर्तीले बताउनु भएको छ ! सुर्खेतको प्रहरी टोलीले बिरेन्द्रनगर नगरपालिका दमकल लिएर घटना स्थलमा पुगेका थिए ! दमकले आगो निभाए पनि बस पूर्णरुपले ध्वस्त भएको थियो !

आगलागी हुनेबितिकै यात्रुहरु झरेपछि मानबिय हानी नभएको प्रहरी उप्रिक्ष्क धर्तीले बताउनु भयो ! बस चालक सुरेन्द्र थापाले सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केहि पड्केको आवाज आएक बताउनु भयो !

घुम्तीमा बस मोड्ने क्रममा केहि पड्किएको आवाज आउनेबितिकै ह्यान्ड ब्रेक लगाए र झरेर हेर्दा गेय्र्बक्स र इन्जिनको बिचमा सानो आगो बलेको थियो ! आगो निभाउने खोज्दाखोज्दै आगो लागेको बस चालक सुरेन्द्र थापाले बताएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0