NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

किसान आन्दोलन : मधेशमा आजदेखी अनिश्चितकालका लागि पुर्व-पश्चिम राजमार्ग बन्द, अहिके टायर बालेर प्रदर्शन

किसान आन्दोलन : मधेशमा आजदेखी अनिश्चितकालका लागि पुर्व-पश्चिम राजमार्ग बन्द, अहिके टायर बालेर प्रदर्शन

किशन साह- माघ २० गते ।
जनकपुरधाम : जनमत पार्टीको नेतृत्वमा जारीरहेको  किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गइरहेका छन्।

जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ बुंदे माग सहित अनिश्चितकालका लागि आजदेखी   हाइवेमा चक्काजाम गर्ने घोषणा गरेको छ ।

किसान माथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत पार्टीले करिब १ महिना भन्दा बढी देखि आन्दोलनरत गरेको र माघ २० गते बिहीबार अर्थात् आज-देखि पूर्ण रुपमा `हाइवे बन्द´ गर्ने जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको सचिवालयले जनाएका छन्।

आज-देखि `हाइ-वे’मा टेन्ट लगाएर खाना बनाउने र बस्ने गरी बन्द सुरु गर्ने घोषणा जनमत पार्टीको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

अहिलेसम्म चरणबद्ध रुपमा आन्दोलन गरेपनि मांगप्रती सरकारको ध्यानाकर्षण नभएकोले  पुन: आज  देखि हाइवे ससक्त रूपमा बन्द गर्ने कार्यक्रम रहेको छ।
किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0