NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

कुनौली सडक खण्डमा चरम भ्रष्टाचार चेक गर्नको लागी सडकमा रड बिछाईयो इन्जिनियर छैन लेबरले गर्यो

कुनौली सडक खण्डमा चरम भ्रष्टाचार चेक गर्नको लागी सडकमा रड बिछाईयो इन्जिनियर छैन लेबरले गर्यो

सप्तरी । सप्तरीको विष्णुपुर गा.पा. अन्तर्गतको कुनौली सडक खण्डमा आरसिसि ढलानमा चरम भ्रष्टाचार भएको खुलासा भएको छ ।

कुनौली सडक खण्ड टियु क्याम्पस देखी पश्चिम टोला सम्म आरसिसि ढलान गर्दा घास उम्रेको सडकमाथि ढलान गरेको र ढलान गर्नका लागी माटो सडकमै रड ओछाईएको फोटो सामाजिक संजालमा भाइल बनेको छ । यसै सन्दर्भमा उपभोक्ता समितीका अध्यक्ष जय नारायण यादब ज्यू संग कुरा गर्दा इन्जिनियर नभएको बेला लेबरले सडकमा रड ओछाएर कती रड लाग्छ भनेर नापेको उहाले बताउनुभएको छ । रडत पुरै बोधेकोछ नित ढलानको लागी अनि माटोमा ढलान गर्न मिल्छ र सर? प्रश्न गर्दा उहाले मिल्छ हामिले तेही गरेका छौ । इन्जिनियर साब सिदेश साहले गर्न मिल्छ भनेर गराको हो भनेर जानकारी दिनु भएको छ ।
इन्जिनियर सिदेश साह संग संपर्क गर्दा भने थप काममा तेस्तो भएको बाहेक अरु केही बताउन चाहेनन् ।
अध्यक्ष यादबका अनुसार ६ इन्च ढलान गरेको तर कुनै ठाउमा ५ त कुनै ठाउमा ७ इन्च ढलान भएको हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0