NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

कुमारी बैङ्कको अगाडी धर्ना इन्जिनियर राजेश कुमार चौरासियालाई रिहाइ कोमाग गर्दै देश भरि प्रदर्शन

कुमारी बैङ्कको अगाडी धर्ना इन्जिनियर राजेश कुमार चौरासियालाई रिहाइ कोमाग गर्दै देश भरि प्रदर्शन

महेश सिंह सिरहा लहान ,
६ मङ्सिर – सिरहाको लहानमा रहेको कुमारी बैङ्क अगाडी आइतबार नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध दर्जनौँ प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेको छ । बैङ्कको गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरासियालाई गत कार्तिक २२ गते थुनामा राखेकोले उनको रिहाइको माग गर्दै सिरहाका मूल्याङ्कनकार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा चर्को विरोध कार्यक्रम गरिएको क्रेटिभ आर के स्टक्चर डिजाइन कन्सलट्यान्सी लहानका सञ्चालक शिव शंकर महतोले बताएका छन्।
बैङ्कले उपलब्ध गराएको कागजपत्रको आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैङ्कले ऋणीलाई कर्जा उपलब्ध गराएकोमा यति बेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता इन्जिनियरबाट परिपूर्ति गर्ने विषयलाई विरोध स्वरूप आज विरोध कार्यक्रमको आयोजना गरिएको एसोसिएसनले जनाएको छ। इलाका प्रहार कार्यालय लहान नजिक रहेको कुमारी बैङ्कको अगाडी उनीहरूले धर्ना दिएका थिए।एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाइको माग गर्दै विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आइरहेको छ। एसोसिएसनले चौरासियालाई निशर्त रिहाइ नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ। बैङ्कमा रहेका माफियाहरूले गलत काम गरेका कारण चौरासिया पक्राउ परेको भन्दै बिना सर्त रिहा गइनुपर्ने धमिनिमाई ईन्जिनियरिङ्ग कन्सलट्यान्सी गोलवजार सिरहाका प्रोप्राइटर अनिलकुमार साहको भनाई छ। बैङ्कले दिएको कागजको आधारमा हामी मूल्याङ्कन गर्छै,यो सब बैङ्कको सेट्टीङ्ग हो, फर्जी लालपुर्जा बनाएर बैङ्कले चौरासिया लाई मूल्याङ्कन गर्न दिएको बताए।धर्ना आन्दोलन कार्यक्रममा सिरहाका दर्जनौँ मूल्याङ्कनकर्ता लगायत विभिन्न कन्सल्ट्यान्सीका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।
चौरसीयालाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।प्रहरीले चौरासियालाई रिहाइ नगरेको खण्डमा मङ्सिर ८ गते बिहान ११ बजे एनएमबि बैङ्कको अगाडि कडा रुपमा धर्ना तथा विरोधको कार्यक्रम गरिने नेपाल भ्यालुयर्स एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0