NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

कुर्थामा पटकपटक बिद्युतको तार टुट्दा स्थानीयद्वारा टायर बालेर प्रदर्शन

कुर्थामा  पटकपटक बिद्युतको तार टुट्दा  स्थानीयद्वारा टायर बालेर प्रदर्शन

चैत १६ गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २१ कुर्थामा टायर बालेर प्रदर्शन गरिएको छ । पटकपटक बिद्युतको तार टुट्दा पनि तार व्यवस्थापनमा विद्युत प्रािधकरणले चासो नदेखाएपछि खतरा बढेको भन्दै स्थानीयद्वारा टायर बालेर प्रदर्शन गरीएको हो ।

बिजुलीको तार पटकपटक टुट्दा हुलाकी राजमार्ग भएर आउजाउ गर्नेहरुलाई समेत खतरा हुने भएपछि सडकनै अबरुद्ध हुने गरेको छ । त्यस्कारण नागरिकहरुलाई आबतजाबतमा समस्या हुने गरेको छ । अहिले विभिन्न कक्षाको परिक्षाको समय नजिकीएपछि विद्यार्थीलाई पठनपाठनमा समेत समस्या भएको स्थानीयवासी चित्रनारायण साहले गुनासो सुनाए । त्यस्तै अर्का स्थानीयवासी रोशन कुमार साहले आफुहरुले पटकपटक बिजुलीको बारेमा वडाध्यक्ष लगायत विद्युत प्राधिकरणमा समेत जनकारी गराएपनी समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलन गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0