काठमाडौं
माघ-९
कृषि प्रधान देशमा किसान माथि नै अत्याचार भयो भन्दे नन्दवंश सोसियल वेलायत फाउन्डेशनको (NSWF) अध्यक्ष दिपक जंग ठाकुरले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्नु भएको छ।
सो प्रेस विज्ञप्तिमा लेखिएको छ हाम्रो नेपाल कृषि प्रधान देश भएता पनि बिगत चार सतादेखी कृषिको लागि अति आवश्यक मलखाद, बिउबिजन ,सिँचाई उखु किसानको भुक्तानिलगाएतको माग राख्दै जारि किसानको आन्दोलनको मांग सम्बोधन गर्नुको सट्टा सरकारले गरि रहेको दमनको घोर भर्त्सना गर्दछौ ।
किसानहरू सडकमा उत्रिय पनि सरकारले उचित ब्यबस्थापन सहितको संवाद नगरि दमनमा उत्रिएको र किसान बिरोधि मानसिकता उजागर भएको े नेपालको कृषि क्षेत्र नै धरावायी हुदैँ गएको देखिन्छ।
तसर्थ पक्राउ परेको किसानहरूलाई ततकाल रिहागरि बर्ता संवादमार्फत किसानहरूको मांग पुरा गर्न सरकार संग अनुरोध गर्दछौ।
आन्दोलनको क्रममा घाईते हुनु भएको किसानहरूको शिघ्र स्वास्थ्यलाभको कामाना सहित उपचारको व्यबस्था नेपाल सरकारलाई गर्न अनुरोध गर्दछु।