NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती

कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती

विसुनदेव सरदार
लहान, २७ भदौ।

सिरहाको लहानस्थित कृषिसामग्री कम्पनी लिमिटेडका प्रमुख दिपराज पौडेलको मिलेमतोमा सहकारीलाई पहिलादेखि नै मलखाद्य विक्रीवितरण भइरहेको सबैलाई थाहा छ। यता अहिले आएर कृषि सामाग्री कम्पनी प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती खेप्नु परेको छ।
पौडेलले आफ्नो नजदिकी, आसेपासे, बढी मुनाफा लिएर युरिया दिने गरेको पाइएको छ। यता छिमेकी राष्ट्र भारतले आधार कार्डको आधारमा पसल तथा खुद्रामा १३००/- नेपालीमा दिन्छन् ।

सिरहाका अधिकाँश सहकारी डिलरहरुले रातारातै आफ्ना आसेपासे र बढी कमिसनमा मल बेच्ने गरेको पाइएको छ। यो सँगै भारतीय मलमा दोब्बर रकमले मल विक्री भइरहेको देखिन्छ ।
अहिले मलखाद्य भारतबाट ल्याएको युरिया प्रतिबोरा १९००/- र डिएपी ४०००/- मा किसान किन्न बाध्य बनेका छन। यसअघि त्यही मल ७ सय युरिया , २२ सय डिएपी पर्ने गरेको थियो । तर , मल हाहाकार भएकै समयमा कालोबजारी झन थपिदै गएको छ।

कार्यालय प्रमुख पौडेलले सहकारी संस्थालाई मात्र मलखाद्य कमिसनमा दिने गरेका दुर्भाग्य हो । तर, ग्रामीणस्तरका किसानले मल बारे सोधपुछ गर्दा – ” मल आएकै छैन , मल छैन ” भन्ने गरेका छन। मलखाद्दसम्बन्धि सम्पूर्ण जानकारीबारे कार्यालय प्रमुखले जानकारी गराउने सुचनापार्टीमा स्पष्ट लेखिएको छ। तर, पौडेल अफिसमा हुँदाहुदै बाहिर छु भन्ने गर्छन।

लहानमा सरकारी अनुदानको मल , किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरुले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गर्नु र त्यही व्यापारी कालोबजारी बढाउने गरेको छ।

भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल , कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ। तर सिरहामा भने कृषि सहकारी संस्थाहरुले मलको हाहाकारको मौका छोपेर सरकारी अनुदानको मल , किसानलाई नभइ बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेका छन्।
कृषि सहकारी संस्थाले सरकारले तोकेको दरभन्दा बढी भाउमा पनि किसानलाई बेचेर मलको कालाबजारी बढेको देखिन्छ , तर निकाय मौन देखिएको अवस्था छ।यतिबेला कालोबजारी रोक्ने निकाय देखिएको छैङ।

सरकारले वर्तमानमा कृषक डिएपी (१८/४६) २२३८ तोकेता पनि केही डिलर संचालक तथा खुद्रापसलेहरुले ३२०० सय भन्दा बढीमा बिक्री गरिरहेका छन।

युरिया प्रतिबोरा ७८८/- त्यसैगरी पोटास प्रतिबोरा १६३८/- निर्धारित गरिएता पनि कार्यन्वयनमा आउन सकेका छैन ।

कृषि सामाग्री कम्पनी लिमिटेड लहानको गोदाममा मल प्रयाप्त रहेको खुलासा छ। तर वियोग र कार्यालय प्रमुख दिपराज पौडेलको हर्कतका कारण सिरहाका किसान मलबाट बञ्चित रहेको प्रष्ट देखिन्छ ।

कार्यालय प्रमुख पौडेल कामभन्दा बढी कुरा काट्ने गरेका सिरहाका कतिपय किसानले आरोप लगाएका छन।

डिएपी मलको बारेमा साल्ट ट्रेडिङमा बुझ्नुस। कृषि सामग्री र सहकारी संस्थाको साँठगाँठमा सिराहा लगायत कतिपय ठाउँका कृषकहरु मार्कामा रहेको देखिन्छ ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानको गोदाममा घुमघाम गर्दा घरमा मल छ, तर दिन मान्दैन । कार्यालय प्रमुख दिपक पौडेलका अनुसार “केही मात्रामा मल छ, तर, किसानलाई दिन पाइदैन , हामी पालिकाको सिफारिसमा सहकारीलाई दिने बताए ।”
कार्यालय प्रमुख दिपराज पौडेल
हर्कत र कृषि सहकारी संस्थाको मिलोमतोमा किसानको हातसम्म मल पुग्नबाट बञ्चित छन।
भदौ सकिन्न लाग्दा मलखाद्य नपाएर, मलको हाहाकार देखेर धान रोपेका ग्रामीणस्तरका किसानहरु यतिबेला चिन्तित देखिएको छ। अहिले ठुलठुल्ला , आफुलाई शक्तिशाली ठानिने नेता र कार्यकर्ता कार्यालयमा लिन पुगेको अवस्था देखिन्छ । सोर्सफोर्सको आधारमा काम हुने गरेको बताइएको छ।

सरकारले नेपाललाई कृषि प्रधान देशको ठुलो नारा लगाएको देखियो , के यसरी नै बन्नछ कृषि प्रधान ?

देश कृषिप्रधान नेपाल। सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा कृषिलाई नै ‘प्राथमिकता’ दिइन्छ। तर, मल नपाएर किसान वर्षेनी छटपट गर्छन्। भोग्ने पीडा र कथा उही हुन्छ, सरकारको आश्वासन पनि उस्तै हुन्छ। तर, कहिल्यै समाधान हुँदैन, किसानका समस्या।
धान रोप्नुअघि मल चाहिन्छ भन्ने कुरा सरकारलाई थाहा छ। त्यसैका लागि केन्द्रदेखि प्रदेशसम्म कृषि मन्त्रालय छन्। मन्त्री छन्, कर्मचारी छन्। राज्यको करबाट मन्त्रीदेखि कर्मचारीले सेवा सुविधा लिएकै छन्। तर, किसानका मलको दर्द र पीडालाई मलम लगाउन न मन्त्री तयार छन्, न त कर्मचारी नै। सबै रमिते छन्, किसान रुनु परेको अवस्था छ।

सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाहरुको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई जो सुकैलाई कारवाही हुनु जरुरी छ ।

गोदाममा मल राखी किसानलाई नदिने, कालाबजारी गर्ने, महँगोमा बिक्री गर्नेलाई कार्यालय प्रमुख दिपराज पौडेललाई जिम्मेवार निकायले हदैसम्म कार्वाही गर्नु अतिआवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0