फाल्गुन २४ गते ।
जनकपुरधाम : सर्लाहीको कबलासी गाउँपालिका वडा न:३ घर भएका बल्ड क्यान्सर पीडित चादनी ठाकुर र सर्लाही जिल्ला इश्वरपुर न.पा. मा रहेका हाथमा क्यान्सर भएर आर्थिक अभावका कारण उपचार गराउन नसकेका ममिता ठाकुरलाई नन्दवश सोसियल वेलफेयर फाउन्डेसनद्वारा आर्थिक सहयोग प्रदान गरेको छ।
पाटन अस्पतालमा उपचाररत बल्ड क्यान्सर पीडित चादनी ठाकुरलाइ फाउण्डेशनका अध्यक्ष दिपक जंग ठाकरले अस्पतालमा पुगेर रु १४५०० सहयाेग गरेका छन् भने आर्थक अभावका कारण उपचार गराउन नसकेका ममिता ठाकुरलाइ फाउण्डेशनका सदस्य सुरेन्द्र ठाकुरले घरमै पुगेर रु १४५०० सहयाेग प्रदान गरेका हुन् ।
फाउन्डेसनका अध्यक्ष दिपक जंग ठाकुरको अध्यक्षतामा बल्ड क्यासर पिडितलाई केही भए पनि उपचारकाे लागी सहयोग होस् भनी आफ्नो फाउन्डेसनबाट सहयोग गरेको बताउनु भयो।
मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै ठाकुरले तपाईं हामीहरुको सहयोग थोरै भए पनि सहयोगले उहाँको ज्यान बच्न सक्ने भएकोले जति सक्दो सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नुभएको छ।