NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

खैरहनीका कांग्रेस नगर सचिवले दिए राजीनामा

खैरहनीका कांग्रेस नगर सचिवले दिए राजीनामा

चितवन । नेपाली कांग्रेस खैरहनी नगर समिति सचिव टिकादत्त इटनीले पदबाट राजीनामा दिएका छन् ।उम्मेदवार छनौटको विषयलाई लिएर असन्तुष्ट वनेका नगर सचिव इटनीले पदबाट राजीनामा दिएका हुन् । सचिव इटनीले नगर सभापति गुणराज श्रेष्ठलाई राजिनमा पत्र वुझाएका छन् ।
इटनी खैरहनी- २ का वडाध्यक्ष समेत हुन् । ०७४ सालमा निर्वाचित भएर जनताको हितमा कामकाज गरिरहेको लोकप्रिय जनप्रतिनिधीहरुको अवमूल्यन भएको देखिन आएकाले असक्षम नेतृत्वको फिलतो निर्णयको साक्षी बनेर पार्टी हितमा कामकाज गर्न असमर्थ रहेको भन्दै सचिव पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।उम्मेदवार छनौट नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा निर्मित संसदीय वोर्डमा नगर कार्यसमितको सभापति समेत रहने व्यवस्था भएकोमा सभापतिको पटक-पटक अनुपस्थित भई आफ्नो नगर क्षेत्र भित्र रहेको १३ वटा वडामा अध्यक्ष एवं सदस्यहरु क्षेत्रीय संसदीय वोर्डले छनौट गरी पठाइएकोमा उम्मेदवारको नाम अधिकांश वडाबाट अस्वीकृत भई नाम फेरवदल गरि उम्मेदवार दर्ता गराउनु पर्ने वाध्यत्मक स्थिती सिर्जना भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0