NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

गणतन्त्रले विकास र समृद्धि साथै सामाजिक सद्भाव समेत अभिवृद्धि गरेको छ: मुख्यमन्त्री कार्की

गणतन्त्रले विकास र समृद्धि साथै सामाजिक सद्भाव समेत अभिवृद्धि गरेको छ: मुख्यमन्त्री कार्की

विराटनगर । १६ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गणतन्त्रले विकास र समृद्धिका साथै सामाजिक सद्भाव समेत अभिवृद्धि गरेकाले यसलाई नखल्बल्याउन आग्रह गरेका छन् ।
सोमबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको नामाकरणको विरोधमा भईरहेको आन्दोलनलाई शान्तिर्पूण बनाउन तथा वार्ता र सम्वादमा आउन आन्दोलनकारी पक्षलाई आग्रह गरेका छन् । गणतन्त्र दिवसमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नामाकरणका लागि संवैधानिक र कानुनी प्रक्रियाबाट जानुको विकल्प नभएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसर वारेर कोशी प्रदेश सरकारले प्रदेशका अग्रज पत्रकाहरुलाई लोकतन्त्र पत्रकारिता पुरस्कार बाट पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा विराटनगरका मोहन भण्डारी, उदयपुरका श्याम र्राई र धरानका प्रदीप मेयाङ्बो रहेका छन् । उनिहरुलाई नगद १/१ लाख रुपैया सहित पुरस्कृत गरिएको थियो । मुख्यमन्त्री कार्कीले पुरस्कृत पत्रकारहरुलाई सम्मान पत्र र नगद प्रदान गरेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आयोजना गरेको सो कार्यक्रममा कोशी प्रदेशका सभामुख, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु र गैर सरकारी संस्थाका प्रतिनिधीहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0