NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

गरुडा सवारी दुर्घटना:दुईदिनसम्म आन्दोलन , प्रहरीमा विश्वास छैन,छानविनको माग

गरुडा सवारी दुर्घटना:दुईदिनसम्म आन्दोलन , प्रहरीमा विश्वास छैन,छानविनको माग

रौतहट । अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएका रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाका ४८ वर्षीय व्यापारी राजनारायण साहका परिवारले घटनाबारे उच्च स्तरीय छानविनको माग गरेका छन् । यहीँ मंसिर १२ बिहान मर्निङ वाकमा निस्किएका साहको गरुडा मेनचोकबाट करिब ५ सय मिटर उत्तर गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सवारीको ठक्करबाट मृत्यु भएको थियो ।उनलाई कुन सवारीले ठक्कर दिएको भन्ने हालसम्म खुलेको छैन् । प्रहरीका अनुसार सवारीको ठक्करबाट घाइते भएका साहलाई तत्कालै प्रहरीले घटनास्थलबाट उद्धार गरि जिल्ला अस्पताल गौरमा पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । साहको मृत्युपछि उनका आफन्त र स्थानियले गरुडा बजारमा उनको शव राखेर राजमार्ग अवरुद्ध गर्दै दुईदिनसम्म आन्दोलन गरेका थिए ।

पछि प्रहरीलाई ४८ घण्टाभित्र दोषी पत्ता लगाउने समय दिएर आन्दोलन स्थगित गर्दै शवको दाहसंस्कार गरेका थिए । तर आजसम्म वास्तविक दोषी पत्ता नलागेपछि साहका आफन्त र स्थानिय थप आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरुले घटनाको उच्चस्तरीय छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री, प्रधानमन्त्री सम्मलाई ज्ञापन पत्र बुझाउने र गरुडा बजार बन्द गराउने लगायतका विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।घटना लगतै इलाका प्रहरी कार्यालय गरुडाले सिसिटिभी फुटेजको आधारमा एउटा म्याजिक भ्यान र त्यसका चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । तर मृतकका आफन्त भने प्रहरीको लापरवाहीका कारण साहको ज्यान गएको भन्दै प्रहरी माथिनै छानविन हुनुपर्ने माग गर्दै आइरहेका छन् । दुर्घटना घाइते भएका साहलाई प्रहरीले दुई मिनेटको दुरीमा रहेका गरुडा बजारको कुनैपनि अस्पतालमा उपचार नगरी करिब २१ किलोमिटर टाढा रहेको गौर जिल्ला अस्पताल लैजानु सबैभन्दा ठूलो लापरवाही तथा शंकाको विषय रहेको आफन्तहरुको भनाइ छ ।साहको टाउकोमा चोट लागेर रगत बगेको थियो । ‘गरुडामा दर्जनौ अस्पतालहरु छन् तर मेरो बुबालाई गरुडाको अस्पतालमा उपचार नगरि किन गौर लगियो ?’ मृतकका छोरा सुजित रौनियार भन्छन्, ‘यदि समयमै उपचार पाएको भए मेरो बुबा बाँच्नुहुन्थ्यो होला । तर प्रहरीले गौर लगेर समय बर्बाद पार्ने काम प्रहरीले गरे ।’
मृतकका आफन्तहरुले प्रहरीको भ्यानले ठक्कर दिएर साह घाइते भएका र सोही कुरा लुकाउन नजिकैको अस्पतालमा उपचार नगरि टाढाको अस्पतालमा लगिएको आशंका पनि गरेका छन् । प्रहरीले आफुलाई बचाउन घाइतेको समयमा उपचार नहोस् भनेर लापरवाही गरेको मृतकका सम्धी सुरेश साह रौनियारको आरोप छ । उनले मनिङ् वाकमा निस्किएका मृतक साहको खल्तीमा मतदाता परिचय पत्र, बैंक भौचर लगातयका परिचय खुल्ने कागजात भएपनि प्रहरीले आफन्तलाई घटना भएको दुई घण्टा पछि मात्र खबर गरेको बताउँदै प्रहरीको भूमिका सुरुदेखिनै शंकाष्पद रहेको आरोप लगाए ।प्रहरीले साहको शवलाई एम्बुलेन्समा राखेर उनको साथमा रहेको ७४ हजार नगद गनेको तथा कागजातहरु हेरेको भिडियो पनि सार्वजनिक भएको छ । मृतकका आफन्त विवेक कुमार रौनियार घटनास्थलबाट प्रहरीले साहलाई उद्धार गर्नेबेला तथा गरुडा चोकमा स्थानिय कसैलाई पनि हेर्न घाइते साहलाई हेर्न नदिएको र सिधैं झाँझ पुल पारी एकान्त स्थलमा लगेर प्रहरी भ्यानबाट एम्बुलेन्समा राखेर गौर पु¥याएकाले आफुहरुको शंकामा बल पुगेको बताउँछन् ।उनले मृतक साह गरुडा बजारको प्रसिद्ध व्यापारी भएकाले स्थानिय जो कसैले पनि चिन्ने भएपनि प्रहरीले कुनै सोधपुछ पनि नगरेको र योजनावद्ध ढंगले घटना लुकाउन खोजेको आरोप लगाए । प्रहरीले घटनाको सिसिटिभी फुटेजको करिब ४० सेकेन्ड भाग नियतवश डिलेट गर्न लगाएको पनि मृतकका आफन्तहरुको आरोप छ ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक वरुण बहादुर सिंह प्रहरीले घटनालाई गम्भिर रुपमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जनाउँदै चाँडै वास्तविकता सार्वजनिक हुने बताउँछन् ।उनले घटनाको सिसिटिभी फुटेजका आधारमा घटना हुँदा एउटा मोटर साइकल , पिकअप भ्यान, बस र म्याजिक भ्यान सो स्थानबाट गएको देखिएको र म्याजिक भ्यान घटनास्थलमा केही बेर रोकिएकाले सोही भ्यानले दुर्घटना गराएको हुनसक्ने आशंकामा प्रदेश ०२–०३–००१ ज ०१७९ नम्बरको म्याजिक भ्यानका साहुहरु दुखा साह र राकेश साहलाई पक्राउ गरि सोधपुछ गरिरहेको बताउँदै घटनालाई विभिन्न कोणबाट पनि थप अनुसन्धान गरिरहेको जनाए ।‘हामी निष्पक्ष भएर अनुसन्धान गरिरहेका छौं , चाँडै नजिता आउँछ’ प्रहरी नायव उपरिक्षक सिंहले भने, ‘हाम्रो अनुसन्धानमा कुनै कमि छैन्, पिडितका आफन्तले प्रहरी माथि विश्वास गर्नुपरो ।’ उनले प्रहरीको भ्यानले ठक्कर दिएको कुरालाई निराधार रहेको र मोसन डिक्टेटर क्यामारा भएकाले सिसिटिभीमा करिब ३०–४० सेकेन्डको भाग रेर्कड नभएकाले अनावश्यक शंका नगर्न सबैमा अनुरोध गरे ।प्रहरीले प्रायः सवारी दुर्घटनाका केशहरु सकेसम्म सरकारी अस्पतालमा लैजाने हुँदा गौर अस्पतालमा लगेको र घटनास्थलबाट प्रहरी भ्यानमा घाइते साहलाई राखेर लैजादाँ बाटोमा प्रहरीले खबर गरेको एम्बुलेन्स आएपछि सो मा हालेर गौर अस्पताल पु¥याइएको उनको कथन छ । ‘कुनैपनि दुर्घटनाका घाइतेहरु प्रहरी उद्धार गरेपछि हामीहरु सकेसम्म सरकारी अस्पतालमै उपचारको लागि लैजान्छौं’ उनले भने , ‘यो केशमा पनि त्यहीं गरेका हौं । यसमा प्रहरीको नियतमा कुनै आशंका गर्नुपर्ने कारणनै छैन् ।’उनले प्रहरीको नियत भनेको घटनाको वास्तविक दोषीलाई अनुसन्धान पश्चात कारवाहीको दायरा ल्याउनु भएकाले कसैलाई फसाउने, कसैलाई बचाउने भनेर प्रहरी नलाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0