NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

विराटनगर ।
गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बुधबार मोरङको विराटनगर महानगरपालिका १ बाट करिब १ सय २० केजी गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बी.आर११भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । उक्त गाडी चालक भने फरार भएका छन् ।

नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0