NSW News

३ असार २०८१, आईतवार
ENGLISH

गाैशाला वडा नम्बर १२ स्थित वडा कार्यालय भवनको लागि २ कट्ठा जग्गा दान

गाैशाला वडा नम्बर १२ स्थित वडा कार्यालय भवनको लागि २ कट्ठा जग्गा दान

गौशाला ,कान्तिबजार । महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा नम्बर १२ स्थित (एगारनम्बर गाउँका) राजकुमार महताेले वडा कार्यालयकाे भवन निर्माणका लागि २ कट्ठा जग्गा दान गरेकाे छ । गाैशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित लक्ष्मिनिया स्वास्थ्य चाैकीबाट उत्तर तर्फ जाने बाटोमा २ कट्ठा जग्गा दान गरेको राजकुमार महताेले बताउनुभयाे । अहिलेकाे चलनचल्ती अनुसार उक्त जग्गाकाे मुल्यांकन करिब २४ लाख बराबर रहेकाे बताइएको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले जग्गा दाता महताेलाई अबिर लगाइ सल्ला ओढाई सम्मान गरेका थिए । नि:शुल्क रुपमा उपलब्ध गराएको जग्गामा वडा कार्यालयकाे भवन निर्माणकाे कार्य छिटै हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

साथै कान्तिबजार व्यवस्थापन समिति समेत गठन गरेको छ । वडा अध्यक्ष: कुशेश्वर सिंहकाे अध्यक्षतामा ५ सदस्य गठन भएका छन् । जसमा अध्यक्षमा कुशेश्वर सिंह, सदस्यमा व्यापार संघका प्रतिनिधिबाट सुकेश कुमार महताे, ओपेन्द्र महताे, महिला सदस्यमा जागाे देवी महताे र शिव दुलारी ठाकुर गरि ५ सदस्य गठन गरेका छन् । बजारको व्यवस्थापन सम्बन्धि कार्यहरू गर्नकाे लागि समिति गठन गरेको अध्यक्ष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0