NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन भएन : स्थानीय उत्रिए आन्दोलन

गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन भएन : स्थानीय उत्रिए आन्दोलन

भैरहवा । मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको १० महिनाभन्दा बढी समय भयो । तर, सरकारी बेवास्ताका कारण विमानस्थल भने अझै पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन ।विमानस्थलमा अहिले एउटा पनि नियमित उडान छैन ।
लुम्बिनी क्षेत्रका स्थानीयदेखि व्यवसायीसम्मले लामो समयदेखि विमानस्थललाई पूर्ण क्षमतामा संचालनको माग गर्दै आएका छन् । तर, सरकारले अग्रसरता नदेखाएपछि भैरहवाका ४४ वटा संघसंस्थाले विमानस्थल धर्ना दिएर विरोधमा उत्रिएका छन् ।भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले अहिले मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान भर्दै आएको छ । तर, त्यही उडान पनि कहिले संचालन त कहिले बन्द हुन्छ ।
रुपन्देही र आसपासका व्यवसायीले विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नका लागि सरकारसँग लामो समयदेखि माग गर्दै आएका छन् । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र बुझाउँदासमेत माग सुनुवाई नभएपछि आजित बनेका निजी क्षेत्र र संघसंस्थाले शुक्रबारदेखि विभानस्थलमै धर्ना थालेका छन् ।
विमानस्थल पूर्ण सञ्चालनमा नआएको भन्दै उनीहरुले आन्दोलन स्वरुप विमानस्थलको प्रवेशद्वार अगाडि शुक्रबार २ घण्टा धर्ना तथा विरोध सभा गरे ।व्यवसायीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएसम्म आन्दोलनका कार्यक्रम चलाइरहने बताएका छन् । निजी क्षेत्रको आन्दोलनलाई स्थानीय सरकारलेसमेत साथ दिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर व्यवसायीले यहाँ अर्बौ लगानी गरेका छन् । तर, विमानस्थल पूर्ण क्षमतामा त के नियमित उडानसमेत नहुँदा ब्यापार ब्यवसाय चौपट भएको छ ।
एकातर्फ कोरोना महामारीको प्रभाव र बैंकको चर्को ब्याजले मारमा परेका व्यवसायी विमानस्थलसमेत पूर्ण क्षमतामा नचल्दा लगानी डुब्ने जोखिमले चिन्तित बनेका छन् ।विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले भने आन्दोलनमा उत्रिएका व्यवसायीलाई केही समय अझै धैर्य गर्न आग्रह गरेका छन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलगत जेठ २ गते उद्घाटन भएर संचालनमा आएको थियो ।
उद्घाटनकाबेला अब विमानस्थल पूर्ण क्षमतामा चल्ने भनिएपनि अहिलेसम्म जजिरा बाहेक नयाँ विमान कम्पनी आकर्षित भएका छैनन् ।लुम्बिनीलाई केन्द्रमा राखेर बनाइएको विमानस्थल पूर्ण रुपमा संचालनमा आउँदा दैनिक १० हजार पर्यटक भैरहवा ओर्लिने विश्वास गरिएको थियो । तर, उक्तविश्वास अहिले निराशामा बदलिँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0