कार्तिक ६ गते ।
जनकपुरधाम घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लि.महोत्तरीको लोहारपट्टी नगरपालिका ७ स्थित दशौं साधारण सभा गत शुक्रवार सम्पन्न भएको छ ।सभामा चालु आ.व २०७८÷०७९ र आगामी आ.व. २०७९÷०८० को बजेट वारेमा जानकारी गराइएका थियो । संस्थाको वारेमा संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले जानकारी गराउनु भएको थियो ।
सभा संस्थाका अध्यक्ष ठाकुरको अध्यक्षतामा र लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै सो अवसरमा विशेष अतिथीहरुमा सो नगरपालिकाका उपमेयर सरीता शर्मा ,स्थानिय जनप्रतिनिधीहरु, नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरु, समाजसेवीहरु, स्थानिय प्रहरी प्रमुख समेतको उपस्थिती थियो ।
त्यसैगरी सो संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । सो अवसरमा संस्थाको गत आ.ब.२०७७÷७८ को बजेट रु.३१ करोड ११ लाख २० हजार ६.सय ६१ पैसा २९ ,आचु आ।ब।२०७८÷७९ को संशोधित बजेट रु.३७ करोड २८ लाख ३२ हजार ९ सय ८९ पैसा ६६ र अगामी आ।ब।२०७९÷८० को प्रस्तावित बजेट रु. ४५ करोड ५६ लाख ३४ हजार ९ सय ८९ पैसा ६६ रहेको जनाइएको छ ।
घर आगन नियमित बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा भव्य रुपमा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1